प्रकाशकहरुको बारेमा

हाम्रा प्रयासहरु विशेषज्ञद्वारा समर्थित छन् र जंगली श्रोतहरुको दिगो प्रयोग गर्न खुसि छन् © येड्रीयन लोम्बार्ड
हाम्रा प्रयासहरु विशेषज्ञद्वारा समर्थित छन् र जंगली श्रोतहरुको दिगो प्रयोग गर्न खुसि छन् © येड्रीयन लोम्बार्ड

यो साइट प्रकृतिको संरक्षणको लागि अन्तर्राष्ट्रिय संघको उत्पादन हो । आईयुसीयन सन् १९४८ मा स्थापना भएको हो र यसका हाल८४ देशहरु सदस्य हुनुको साथै ११०० भन्दा बढी गैर सरकारी संस्थाहरु छन् । संयुक्त राष्ट्र संघको साधारण सभामा आईयुसीयन, जैविक विविधता, प्रकृति संरक्षण र प्राकृतिक स्रोतहरुको दिगो प्रयोगको विशिष्ट विशेषज्ञता भएको एक मात्र अन्तर्राष्ट्रिय निरीक्षक संस्था हो ।

 

यो साइटकोलागि बिषय वस्तु अंग्रेजीमा लेख्ने सहमति भएको थियो र ५०० विशेषज्ञहरूद्वारा आईयुसीएनको ६ वटा आयोगहरु मध्य कमिसन फर इकोसिस्टम म्यानेजमेन्टको सस्टेनेबल युस र म्यानेजमेन्ट अफ इकोसिस्टमको लागि पछि अनुवाद गरिएको हो। साइटको लागि ज्ञान हाम्रो बहिनी समूह सस्टेनेबल युस र लाइभलिहुडबाट लिईएको हो जुन स्पेसिज सर्भाईभल कमिसन (यसको रेड लिस्टको लागि प्रख्यात) र कमिसन अन एन्भाइरोमेंटल इकोनोमिक्स र सोसल पोलिसीको संयुक्त प्रयास हो। उपग्रह साइटहरूमा हाम्रो ज्ञानको सन्जाल, विभिन्न क्षेत्र र देशहरुमा रहेका आईयुसीयनका विशेषज्ञहरूद्वारा संचालन गरिन्छ।

 

हामी आशा गर्छौ कि यो साइट पढेर तपाईंले प्राकृतिक संसार र विश्वव्यापी रुपमा वन्य जीवहरुसंग संलग्न मानव समूहहरुको विशेष योगदानका बारेमा बुझ्नु हुनेछ। हामीले तपाईंलाई तपाईंको आफ्नो भाषाको माध्यमबाट तपाई बस्ने ठाउँको प्राकृतिक संसारको पृष्ठभूमि र जानकारी दिने अरु साइटहरुसंग पनि जोढेका छौँ। कृपया आफ्नो सोंचलाई प्राकृतिक संरक्षणको लागि भएको प्रगतिको लागि खुल्ला गर्नुहोस जसले गर्दा सफलताको लागि प्राप्त गरिएको विचार र प्रयासहरु अझ बढी फैलियोस्। कृपया संसारभरीबाट प्राप्त यो जानकारी लिनुहोस् र आफ्नो अवस्थामा लागु गर्नुहोस्।

यस पेजमा भएका विषयवस्तुहरूले प्रोत्साहन गर्ने उद्देश्य राख्छ: