पृथ्वीको पारिस्थिकिय प्रणालीहरु र तिनका स्रोतहरुको मानविय प्रयोग

पारिस्थिकिय प्रणालीका लाभ र खतरा

समुन्द्रबाट संकलन गरिएको बाली © यनट्राक लि
समुन्द्रबाट संकलन गरिएको बाली © यनट्राक लि

तपाई प्रकृतिलाई किन मान्नुहुन्छ? किनभने केहि देशका ग्रामिण भागहरुका मानिस जस्तो तपाईं पनि आफ्नो जीविकोपार्जनको लागि प्रकृतिमा निर्भर हुनुहुन्छ? के तपाईंलाई जंगली फलफुल र फंगस टिप्न, माछा मर्न अथवा अन्य विभिन्न तरिकाबाट सिकार गर्न मन पर्छ? केहि देशहरुमा खानेकुरा मुख्यतः पसलबाट आउँछ तर सामन्यतया एक तिहाई भन्दा बढी मानिसहरुसंग प्रकृतिबाट खानेकुरा संकलन गर्ने बलियो परम्परा छ। सायद तपाईं तनाबबाट राहत पाउन अथवा व्यायाम गर्दा वन्यजन्तु हेर्न रुचाउनु हुन्छ? यदि यस्तो हो भने तपाईंले पारिस्थिकिय प्रणालीको उत्पादक र सांस्कृतिक सेवाहरुको उपयोग गरिराख्नु भएकोछ। डढेलो, बाढी र बाली अथवा घरहरुमा अचानक फैलिएको किटहरु पारिस्थिकिय प्रणालीको उत्पादन हुनसक्छ जसमा नियामक सेवाहरू क्षतिग्रस्त भएका हुन्छन्। सबैजना पारिस्थिकिय प्रणालीको त्यस्तो प्रणालीमा निर्भर हुन्छन् जसले स्वस्थ हावा, सफा पानी र सहनशील वातावरणको समर्थन गर्छ।

मानिसहरुबाट पारिस्थिकिय प्रणालीमा प्रभाव

उद्योगहरुले वातावरण, जमिन र पानी प्रदुषित गर्न सक्छन् © रमोवनिक्क/ सटरस्टक
उद्योगहरुले वातावरण, जमिन र पानी प्रदुषित गर्न सक्छन् © रमोवनिक्क/ सटरस्टक

जब हामीले आफ्नो फाइदाको लागि पारिस्थिकिय प्रणालीलाई परिमार्जन गर्छौ त्यसको असर नकारात्मक हुन सक्छ। उर्बर क्षेत्रहरू, घाँसे मैदान, वन र सिमसार समेत खेतीको गर्ने जमिनमा परिणत हुन सक्छन्। यस्तो जमिनमा खेती गर्दा स्थानीय प्रजातीहरुलाई आवश्यक पर्ने वनस्पति र जमिनको उर्बरता कम हुन सक्छ। खेती गर्न अनुपयुक्त क्षेत्रहरूमा, थप परिवर्तनका साथ सिकारीहरुलाई हटाएर र वनस्पतिमा जनावरहरुको बढ्दो चरनको दबाब कम गराएर वन्यजन्तुलाई घरेलू पशुहरुले प्रतिस्थापित गर्न सक्छन्। निकै कम उर्बर अथवा पहुँचयोग्य क्षेत्रहरू जस्तै: ठण्डा मरभूमि, सिमसार र मरभूमिमा मनोरञ्जनात्मक क्रियाकलापले नकारात्मक प्रभाव पार्न सक्छ जसको कारण मानविय प्रभावबाट मुक्त प्राकृतिक तत्वहरु अझ कम हुँदै जान्छ। स्थानीय र बैदेशिक समुदायका मानिसहरुको जाना जान असरबिना नै प्लास्टिक लगायत हावा तथा पानी प्रदुषित बनाउने र जलवायु परिवर्तन गर्ने तत्व अझै दुर्गम क्षेत्रहरुसम्म पुग्छन्। अन्य व्यापक समस्याहरु उत्पन्न हुन सक्छन् जब नजानी सारिएको रोग र नयाँ प्रजातिहरुले आफुलाई पहिलेदेखि रहेका प्रजातिहरू भन्दा अझ बलियो भएको प्रमाणित गर्छन्। यी सबै समस्याहरुका कारण पारिस्थितिकी तंत्रले मानिसलाई र हामीसंगै बस्ने अन्य जीवहरुलाई प्रदान गर्ने सेवामा कमि आउन सक्छ।

पारिस्थिकिय प्रणालीमा मानव प्रभावको व्यवस्थापन

जब समस्या उत्त्पन्न हुन्छ, स्थानीय समुदायले प्रायजसो त्यसको पहिचान गर्छन् र कहिले कहिँ त्यस्ता समस्याहरु थोरै लागतमा सम्बोधन गर्ने गर्छन्। पारिस्थिकिय प्रणालीको सेवाहरुको व्यवस्थापन गर्नको लागि वैज्ञानिकहरुको सहायता र सरकारी लागत संगै स्थानीय कृषक, जंगलको रेख्देख गर्ने मानिस, माझी, वन्यजन्तुको रेख्देख गर्ने मानिस, संकलक र मालीहरुको व्यवहारिक प्रयास सहित विभिन्न शिपहरुको आवश्यकता पर्दछ। यसरी पर्याप्त समय र अनुकूल वातावरणमा पारिस्थिकिय प्रणालीको प्राकृतिक धनहरुलाई केहि हद सम्म पुनर्स्थापित गर्न सकिन्छ। केहि पक्षहरू जस्तै वनस्पति र किराहरु तथा अन्य साना जनावरहरु जस्ता साना जीवहरुको पुनर्स्थापना धेरै जसो अवस्थामा छिटो हुन सक्छ भने वयस्क जंगलहरुलाई फेरी उत्पन्न हुन दशकौ लाग्छ र उर्बर माटोलाई परीपूर्ण हुन शताब्दी लाग्न सक्छ। त्यस्तो कार्यलाई मार्गदर्शन र सक्षम बनाउनको लागि बैज्ञानिक र सरकारले स्थानीय मानिसहरुको प्रयासलाई कसरी सहयोग र प्रोत्साहन गर्ने भन्ने बुझ्न जरुरी छ। स्थानीय मानिसहरुलाई प्राकृतिक स्रोतको सिमित र दिगो प्रयोग गर्न दिइयो भने उनीहरुलाई प्रकृतिको संरक्षणमा योगदान गर्न र आफ्नो ज्ञान बाँड्न प्रोत्साहन गर्न सकिन्छ।