'पारिस्थिकिय प्रणाली दृष्टिकोण'
    
        _636882394918706122.jpg) 
    
सिकारीहरुले © डक्स अनलिमिटेडको सहयोगमा उत्तरी अमेरिकामा रहेका संयौ सिमसारहरु पुनर्स्थापना गरेका छन्  
 
पारिस्थिकिय प्रणालीको दृष्टिकोणले यो स्वीकार गर्छ कि पारिस्थिकिय प्रणाली र त्यसको प्रजातिहरूमा हुने परिवर्तन अपरिहार्य हुन्छ जुन छिटो अथवा ढिलो हुन सक्छ। उदाहरणको लागि: कम गहिरो तालहरु पहाडबाट आएका थेग्रोहरुले भरिन्छ। मानिसहरुले पारिस्थिकिय प्रणाली  जाना जान परिवर्तन गर्छन्, जस्तो कि जंगललाई खेति गर्ने जमिनमा परिवर्तन गर्छन् अथवा नचाहँदा नचाहँदै परिवर्तन गर्न सक्छन् जस्तै गहन तरिकाले खेती गरिंदै आएको जमिन मरभुमिको रुपमा खराब हुन सक्छ। कुनै कुनै मानविय प्रभावले अनजानमै छिटो प्राकृतिक परिवर्तन गराउँछ जस्तै जलवायु परिवर्तन। तर पारिस्थिकिय प्रणालीमा मानिसहरुको प्रभाव कहिले कहिँ कम गर्न तुलनात्मक रुपमा सजिलो हुन सक्छ यदि यि पारिस्थिकिय प्रणालीको उत्पादन प्रयोग गर्नेहरुले केहि कदम चाले भने। त्यसैले, माझिले बाँधमा माछा- भर्यांगलाई प्रोत्साहन गर्छ भने पानी हास सिकारीले सिमसार पुनर्स्थापना गर्छ। यदि इच्छुक समुदायको निर्देशनमा केन्द्रिय ज्ञानले स्थानीय शिपको विकास गर्न मद्दत गर्यो र स्थानीय समुदायको क्षमता बिस्तार गर्न पर्याप्त कोष/ धन छ भने प्रकृतिको क्षतीलाई चाडै ठीक पार्न पनि सकिन्छ।
परिवर्तनको लागि जंगली जीवहरुको अनुकुलन 
    
         
    
बार्न स्वालो प्रजनन् उत्तरतिर लाग्दैछ © गल्लिनागो_मिडिया/ सटरस्टक
 
पारिस्थिकिय प्रणालीको परिवर्तनको गतिलाई तिनमा पाइने प्रजातिहरूले देखाउंछ। उष्ण क्षेत्र भन्दा बाहिर, बढ्दो तापमानको कारण फुलहरु एक वर्ष अघिनै फुल्छन् भने किराहरु पनि एक वर्ष अघिनै निस्किन थाल्छन्। उष्ण क्षेत्रमा वर्षाले त्यहाँको वनस्पतिमा प्रभाव पार्छ। यी दुवै प्रवृत्तिहरु प्रजनन् गर्न उत्तर तिर उडेका केही चराहरु र प्रवासी चराहरुको समय र बसाईंको बेलामा देख्न सकिन्छ। कम चलायमान प्रजातिहरू कहिले काहीं राम्ररी समायोजित हुन्छन्, तर प्रायगरी नयाँ ठाउँमा छिटो फैलन सक्दैनन्, विशेषगरी यदि ति प्रजातिहरू समुद्रि तट र अलग्गै रहेका पहाडहरुमा सिमित रहेका छन् भने। हरेक जीवले खान्छन् र तिनीहरु पनि अन्य जीवद्वारा खाईन्छन्, त्यसैले पारिस्थिकिय प्रणालीमा एउटा  स्थानीय प्रजातिको  लोप हुँदा अर्कोलाई असर पर्दछ। आफ्नो ग्रहमा भैराखेको सबैभन्दा प्रत्यक्ष परिवर्तन र त्यो परिवर्तनले आफु र आफ्नो परिवारलाई कस्तो असर पर्न सक्छ भन्ने बारे सबैजना सतर्क रहन आवश्यक छ। के तपाईंको स्थानीय विद्यालय अथवा कार्यक्षेत्र त्यस्ता परिवर्तनबारे विवरण राख्ने केन्द्र हो?
मानिसहरुद्वारा अनुकुलन
    
        _1308086086-_636875732278143203.jpg) 
    
स्विट काउजद्वारा कोलम्बियाको जंगलमा अनुकुलन © अप्रिल डिबोर्ड/ सटरस्टक  
 
शहरका बासिन्दाहरूपनि खाना, पानी र हावा को लागि पारिस्थिकिय प्रणालीमै निर्भर हुन्छन् त्यसैले परिवर्तनले हामी सबैलाई असर गर्छ। हरेक वर्ष खाद्य बाली उब्जाउनको लागि किसानहरुको लागि व्यवहारिक रुपमा भबिष्यवाणी गर्न सकिने मौसमको आवश्यक पर्दछ। अस्थायी कमजोर वृद्धिको भण्डारणको क्षतिपूर्ति गर्ने अवसरसंगै गाई-वस्तुहरुको लागि घाँसे मैदान र सुक्खा पहाडहरूमा उम्रने घाँस कसरी उम्रन्छ भन्ने कुरामा केहि लचिलोपन हुन्छ। यद्यपि, लामो समयसम्म पानी नपर्नु बाली र गाई- वस्तुहरुको लागि र धेरै वर्ष सम्म काठ-दाउराको को लागि प्रयोग हुदैं गएका जंगलहरुलाई आगलागी हुनबाट बचाउन पनि समस्या हुन्छ। सौभाग्यले वन- जंगलले माटोको चिस्यानलाई कायम राख्न मद्दत गर्छ, साथ-साथै, कार्बन बन्द पनि गर्छ र जब मानिसहरुले पालन गरेको पशुहरुको मासु काम खान्छन् तब त्यसले गाइवस्तुबाट निस्कने ग्रीनहाउस ग्याँस कम गर्छ। यद्यपि, खेति गर्न अनुपयोगी भूमिहरुको सबै भन्दा दिगो उपयोग मासु खाने क्रम हुन सक्छ ।अफ्रिकाको केहि क्षेत्रहरुमा जहाँ घर पालुवा पशुहरुमा लग्न सक्ने रोगहरुको उपचार निकै महँगो हुन्छ त्यस्ता क्षेत्रहरुमा आफुले पालेको पशु भन्दा जंगली प्रजातिहरूको उपभोग गर्नु पनि कम खर्चालु हुन सक्छ। तर प्राकृतिक धनहरुले त्यस्ता जमिनहरुमा जीविकोपार्जनको सम्भावनालाई बढाउन सक्छ किन कि मौसम परिवर्तन भैराख्छ। त्यस्तो क्षेत्रहरुको व्यवस्थापन गर्नको लागि विशेष गरी परम्परागत ज्ञानको संरक्षण गर्न आवश्यक हुन्छ जुन ज्ञान कृषि उपकरणलाई मिल्ने गरि जमिनको परिमार्जन गरिन थालेपछि लोप हुँदै गएका छन्।